Kathmandu Press

कोरोनाका नयाँ संक्रमितभन्दा निको हुने १८३ जना बढी

काठमाडौं, कात्तिक २७ : पछिल्लो २४ घन्टामा देशभरिमा २९५ जना कोरोना संक्रमित थपिएका छन्।५,२२५ जनामा गरिएको पिसिआर परीक्षणबाट २६० र ३,०१८ जनामा गरिएको एन्टिजेन...
कोरोनाका नयाँ संक्रमितभन्दा निको हुने १८३ जना बढी

काठमाडौं, कात्तिक २७ : पछिल्लो २४ घन्टामा देशभरिमा २९५ जना कोरोना संक्रमित थपिएका छन्।

५,२२५ जनामा गरिएको पिसिआर परीक्षणबाट २६० र ३,०१८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९७,९२६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४७१ पुगेको छ।

अहिले देशभरिमा ७,२७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,७५२ जना होम आइसोलेसनमा र ५२६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी १९३ जनाको आईसियुमा उपचार भइरहँदा ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्