सर्वोच्चमा देखिएको विवादमा दलहरुले हस्तक्षेप गर्नु उचित हुन्न : यादव
विराटनगर, कात्तिक २७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको विवादमा दलहरुले हस्तक्षेप गर्न उचित नहुने बताएका छन्।आज विराटनगर...
विराटनगर, कात्तिक २७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको विवादमा दलहरुले हस्तक्षेप गर्न उचित नहुने बताएका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोलने क्रममा उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दाबी गरे।
तथापि न्यायालयमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे। न्यायालयभित्रको समस्या समाधानमा न्यायालय स्वयं सक्षम रहेको प्रतिक्रिया उनले दिए।
‘न्यायालयको समस्या समाधान गर्न त्यहाँ विद्वान अधिवक्ता, विद्वान् न्यायाधीशहरु हुनुहुन्छ। उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ,’ उनले भने, ‘त्यसमा राजनीतिकर्मीले न्यायालयभित्र हस्तक्षेप गर्नुहुँदैन। त्यसकारण आ–आफ्नो दायराभित्र रहेर समस्यालाई हल गर्नुपर्छ।’
‘न्यायालयको काम राजनीतिक दल र राजनीतिक दलले गर्ने काम न्यायालयले गर्न थाले झनै चौपट हुने उनको भनाइ थियो।
संविधान संशोधन नगरिएकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै उनले संविधान संशोधन हुनुपर्नेमा जोड दिए।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
