फिलिपिनी राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
मनिला, कात्तिक २७ : फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा...
मनिला, कात्तिक २७ : फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन्।
साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ। देशको प्रभावशाली पार्टी लकास सिएमडी पार्टीका तर्फबाट उनले उम्मेदवारी दर्ता गराएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन्।
‘सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनुभएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिस्पर्धा पर्ने निश्चित भएको छ,’ आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भने।
उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराउएकी हुन्। निर्वाचन आयोगले आगामी मेमा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको हो ।
आफूले जनताले चाहेअनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरे।











