प्रचण्ड अस्वस्थ, भेटघाटका कार्यक्रम बन्द
काठमाडौं, कात्तिक २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएका कारण उनी ललितपुरको खुमलटारस्थित निजी निवासमै आराम गरिरहेको र...
काठमाडौं, कात्तिक २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएका कारण उनी ललितपुरको खुमलटारस्थित निजी निवासमै आराम गरिरहेको र भेटघाटका कार्यक्रम बन्द गरिएको उनको सचिवालयले जनाएको छ।
उनमा रुघाखोकीलगायतको समस्या देखिएको समस्या देखिएको र निजी चिकित्सकको निगरानीमा बसिरहेको पनि जनाइएको छ।
उनको निजी सचिवालयका अनुसार उनले शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागिता जनाउन सकेनन्।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनको महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको जनाइएको छ। आज शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जाने तयारीम उनी थिए।
पछिल्लो समय पार्टी कार्यक्रमका सिलसिलामा उनी देश दौडाहामा छन्।
प्रकाशित मिति: १४:४३ बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
