ओली नेतृत्वको एमाले दक्षिणपन्थी अवसरवादमा फसेको छ : खनाल
काठमाडौं, कात्तिक २७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई अस्वीकार गरेकाले आफूहरुले विद्रोह गरेको बताएका...
काठमाडौं, कात्तिक २७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई अस्वीकार गरेकाले आफूहरुले विद्रोह गरेको बताएका छन्।
शनिबार सुरु भएको एकस्कृत समाजवादीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने ‘यो औचित्यपूर्ण विद्रोह हो। दक्षिणपन्थी अवसरवाद, गुटवादविरुद्ध न्यायपूर्ण नेपाली क्रान्तिको आवश्यकताअनुसारको विद्रोह हो।’
एमाले त्यागेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारण ओलीको गलत प्रवृत्ति रहेको उनको भनाइ थियो। एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेकाले आफूहरूको विद्रोह गर्नुपरेको उनले स्पष्ट पारे।
उनले यथास्थितिवादका विरुद्ध लड्न, नयाँ सिर्जना, अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि नयाँ पार्टी स्थापना गरिएको स्पष्ट पारे।
ओली नेतृत्वको एमाले दक्षिणपन्थी अवसरवादमा फसेको दाबी गरे। एमालेले गुटवादी क्रियाकलाप सञ्चालन गरेको र सो पार्टीमा वैचारिक सैद्धान्तिक विचलन आएकाले आफूहरू त्यहाँ बसिरहन नसकेको उल्लेख गरे।
ओलीले ‘दुई तिहाइको बहुमतलाई लत्याएर एकीकरण भइकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएको आरोप पनि नेता खनालले लगाए।
अब नेपाली क्रान्तिलाई नयाँ चरणमा नयाँ ढंगले पुनर्गठन गरेर आन्दोलनलाई शक्तिशाली बनाएर लानुपर्नेमा उनले जोड दिए।
आफैले बनाएका संगठनका विरुद्ध कहिलेकाहीँ विद्रोह गर्नुपर्ने अवस्था मार्क्स र लेनिनकै पालादेखि नै हुँदै आएको उनको भनाइ थियो।
ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै नभएको उल्लेख गर्दै उनले कम्युनिस्ट हुन मार्क्सवाद लेनिनवाद मान्ने, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्ष गर्ने, वैज्ञानिक समाजवादका लागि दृढतापूर्वक पालना गर्ने हुनुपर्ने बताए।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
