Kathmandu Press

पत्रकारलाई अध्यक्ष नेपालको निर्देशन : रक्सी नखानू, खाने बानी परेको भए त्याग्नू  

काठमाडौं, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीनिकट पत्रकारहरूलाई रक्सी नखान र खाने बानी परिसकेको भए छाड्न निर्देशन...
पत्रकारलाई अध्यक्ष नेपालको निर्देशन : रक्सी नखानू, खाने बानी परेको भए त्याग्नू  

काठमाडौं, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीनिकट पत्रकारहरूलाई रक्सी नखान र खाने बानी परिसकेको भए छाड्न निर्देशन दिएका छन्। 

आज पार्टीनिकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पत्रकारहरूलाई रक्सी  खाने बानी त्यागरे राम्रो आचरण अँगाल्न निर्देशन दिए।

रक्सी खाँदा घरझगडा हुने र समाजमा पनि नराम्रो सन्देश जाने भएकाले होटलमा छिरेर रक्सी खाने बानी त्याउनुपर्नेमा आफूले जोड दिएको उनको भनाइ थियो। 

सर्लाहीमा होटेलमा रक्सी खाने पार्टीका नेताको फोटो लिनु भनी निर्देशन दिँदा भागाभाग भएको घटना उल्लेख गर्दै नेता नेपालले रक्सी खाने बानी परिसकेको भए त्याग्न निर्देशन दिँदै रक्सीकै खाएकै कारणले कुनै नराम्रो गतिविधि भए आफूले राम्रो नमान्ने उनले बताए।  

उनले भने, ‘तपाईंहरूमध्ये कसैलाई पाँचतारे होटेल धाउनुपर्ने, रक्सी नखाई निद्रै नपर्ने भएको छैन होला। त्यस्तो नहोस् पनि। मैले थाहा पाएँ भने राम्रो मान्दिनँ।’

पत्रकार  मात्र नभएर पार्टी नेताहरूसमेत साँझ नपर्दै होटलका कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्ने गरेको सूचना आफूले पाएको बताउँदै उनले नेता पत्रकार र अरू कसैले पनि पनि त्यसो गर्न नहुने स्पष्ट पारे।

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्