नैतिकता र आचरणमा रहेर जनताको सेवामा जुट्न अध्यक्ष नेपालको निर्देशन
ललितपुर, कात्तिक २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरूलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित...
ललितपुर, कात्तिक २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरूलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।
आज ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई शपथ गराउने त्रफममा उनले नैतिकता र आचरणलाई सधैं ख्याल गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री र मन्त्री मात्र नभएर पार्टीका सबै नेताकार्यकर्ताहरूले सदैव असल आचरणकाे पालना गर्नुपर्नेमा जाेड दिए।
एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाइसकेकाले बैठकमा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका हुन्।
उनले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिए। उनले आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेताकार्यकर्ताहरूलाई निर्देशन दिए।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
