Kathmandu Press

विज्ञापनमा रोक लाउने बोर्डकाे निर्देशन व्यवसायीमाथिको कुठाराघात : विज्ञापन संघ

काठमाडौं, कात्तिक २७ : विज्ञापन बोर्डले मदिरा, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापनमा रोक लगाउन निर्देशन दिएपछि नेपाल विज्ञापन संघले त्यसको विरोध गरेको छ।मदिरा,...
विज्ञापनमा रोक लाउने बोर्डकाे निर्देशन व्यवसायीमाथिको कुठाराघात : विज्ञापन संघ

काठमाडौं, कात्तिक २७ : विज्ञापन बोर्डले मदिरा, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापनमा रोक लगाउन निर्देशन दिएपछि नेपाल विज्ञापन संघले त्यसको विरोध गरेको छ।

मदिरा, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापन गर्नेगराउनेलाई कारबाहीको चेतावनी दिएर विज्ञापन रोक्न बोर्डले निर्देशन दिनु व्यवसायीमाथिको कुठाराघात भएको विज्ञापन संघको भनाइ छ।

विज्ञापन संघद्वारा जारी विज्ञप्तिमा बोर्डले ऐनको हवाला दिएर कोभिडपछि बिस्तारै अगाडि बढ्दै गरेको विज्ञापन व्यवसायलाई मदिराको विज्ञापन नगर्नू भन्नु व्यवसायीमाथिको षड्यन्त्र भएको उल्लेख गरेको छ।

बोर्डले बिहीबार विभिन्न सञ्चारमाध्यम र देशका विभिन्न भागमा मदिराको विज्ञापन देखेकाले ती सबै विज्ञापन तत्काल हटाउन निर्देशन दिएको थियो।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा  ‘प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने’ उल्लेख छ। मदिरा तथा सुर्तीजन्य वस्तुको ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६’ विपरीत छ।

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, कात्तिक २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्