एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको हेरिटेज गार्डेनमा सुरु
ललितपुर, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक ललितपुरस्थित हेरिटेज गार्डेनमा सुरु भएको छ।केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा तय...
ललितपुर, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक ललितपुरस्थित हेरिटेज गार्डेनमा सुरु भएको छ।
केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा तय गर्न शुक्रबार यो पार्टीको स्थायी कमिटी बैठक बसेको थियो।
सो बैठकले एमालेसहित विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा आउने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे मापदण्ड बनाएको र त्यसलाई केन्द्रीय कमिटीबाट पारित गर्ने कार्यसूची रहेको जनाइएको छ।
बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले प्रस्तुत गर्ने आचार संहिता र कार्ययोजना, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल गरी भावी रणनीति तयबारे छलफल हुने बताइएको छ।
केन्द्रीय कमिटीबाट पार्टीको स्पष्ट दृष्टिकोण पारित गरी सार्वजनिक गर्ने तयारीसमेत भइरहेको एकीकृत समाजवादीका एक नेताले बताए।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
