Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख बढी

नयाँ दिल्ली, कात्तिक २७ : भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४...
भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख बढी

नयाँ दिल्ली, कात्तिक २७ : भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। 

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो। यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाएको छ। भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो। 

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन्। 
 

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, कात्तिक २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्