Kathmandu Press

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

काबुल, कात्तिक २७ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ।उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त...
अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

काबुल, कात्तिक २७ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ।

उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।

Hardik ivf

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरुलाई दाइजोका रुपमा समेत किनबेच हुने गरेका सूचनाहरु पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन्। यहाँ सन् २०१९ मा समेत १८३ ओटा बालबिवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ।

युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ। एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ।

महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो ।
 

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्