Kathmandu Press

इथियोपियाको सरकारद्वारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

संयुक्त राष्ट्रसंघ, कात्तिक २७ : संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ। संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो...
इथियोपियाको सरकारद्वारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

संयुक्त राष्ट्रसंघ, कात्तिक २७ : संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ। संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो।

यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ। यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए।

Hardik ivf

ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन्। तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ ।यसअघि पनि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो। संयुक्त राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन।

इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरु पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।यसै हप्ताको सुरुमा ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले माग गरेका छन्।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फराह हकले शुक्रबार पनि विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका छन्। उनले संयुक्त राष्ट्रसंघका नौ जना कर्मचारी यसअघि नै र शुक्रबार थप एकजनालाई इथियोपियाली सरकारले नियन्त्रणमा लिएको बताए।

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ । टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो। संयुक्त राष्ट्रसंघले त्यहाँ पठाएका ती सामग्री र कर्मचारीहरु सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन्।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ। जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ। त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो।

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्