आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले
काठमाडौं, कात्तिक २७ : नेकपा (एमाले)ले आज देशभरबाट आगामी १०औं महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ।एमालेका संगठित सदस्यताका आधारमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट...
काठमाडौं, कात्तिक २७ : नेकपा (एमाले)ले आज देशभरबाट आगामी १०औं महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ।
एमालेका संगठित सदस्यताका आधारमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। त्यसका लागि आज देशभर चुनाव हुन लागेको छ।
अहिले देशभर आठ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ। तिनै संगठित सदस्यले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। केही स्थानमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्।
एमालेले प्रतिनिधि सभा क्षेत्र अनुसार प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ। एक हजार दुई सय संगठित सदस्य बराबर तीन प्रतिनिधि चयन हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ।
त्यो भन्दा बढी संगठित सदस्य भएको क्षेत्रमा थप आठ सदस्य बराबर एक जना सदस्य चयन हुने व्यवस्था गरिएको छ। यसरी चयन हुने तीन जना सदस्यमा एक जना महिला हुनुपर्ने एमालेले जनाएको छ।
एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। त्यसका लागि शुक्रबार मात्रै नारा र लोगो सार्वजनिक गरिएको छ।।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
