Kathmandu Press

कैलालीमा पनि आजदेखि कांग्रेसको वडा अधिवेशन

धनगढी, कात्तिक २७ : कां‌ग्रेसका क्रियाशील सदस्यता विवाद भएका १३ जिल्लामा पनि वडा अधिवेशन हुन थालेका छन्। आजदेखि कैलालीमा वडा अधिवेशन सुरु हुँदै...
कैलालीमा पनि आजदेखि कांग्रेसको वडा अधिवेशन

धनगढी, कात्तिक २७ : कां‌ग्रेसका क्रियाशील सदस्यता विवाद भएका १३ जिल्लामा पनि वडा अधिवेशन हुन थालेका छन्। आजदेखि कैलालीमा वडा अधिवेशन सुरु हुँदै छ।

तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो। आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए।

उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको जानकारी दिए। कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ। कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन्।

जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन्। पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन्।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्