Kathmandu Press

माओवादी केन्द्रको विधान संशोधन

काठमाडौं, कात्तिक २७ : नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ।भर्चुअल बसेको माओवादी केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र...
माओवादी केन्द्रको विधान संशोधन

काठमाडौं, कात्तिक २७ : नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ।

भर्चुअल बसेको माओवादी केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र स्थानीय तहमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ। जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष,  एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछन्। यसअघि पाँच पदाधिकारी रहने व्यवस्था थियो।  

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ। त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेको छ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ। राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ।

आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने तय गरिएको छ।

 

प्रकाशित मिति: ०८:०० बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्