नेतृ देउवा र लिबरल डेमोक्रेटिक पार्टीका विशिष्ट व्यक्तिबीच जापानमा भेटवार्ता
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले जापानको लिबरल डेमोक्रेटिक पार्टीका विशिष्ट पदाधिकारीहरुसँग भेटवार्ता गरेकी छिन्।पार्टीको टोक्योस्थित मुख्यालयमा विहिबार भएको...
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले जापानको लिबरल डेमोक्रेटिक पार्टीका विशिष्ट पदाधिकारीहरुसँग भेटवार्ता गरेकी छिन्।
पार्टीको टोक्योस्थित मुख्यालयमा विहिबार भएको भेटवार्तामा उनले जापानले नेपाललाई गरेको सहयोगका लागि विशेष धन्यवाद पनि व्यक्त गरेकी थिइन्। जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तोसिहिरो निकाइसँगको भेटवार्तामा उनले जापान सरकारले कोभिड–१९ विरुद्धको अस्टाजेनेका खोप उपलब्ध गराएकोमा जापान सरकारलाई विशेष धन्यवाद व्यक्त गरेकी थिइन्।
अध्यक्ष निकाइलगायत उनले पार्टीको विदेश विभाग पूर्वमहानिर्देशक र्युजी कोइजुमी, पूर्व पुनःनिर्माण मन्त्री तथा विदेश विभागका महानिर्देशक कात्सुइ हिरासावा, संघका मुख्यसचिव योसुके सुरुहो, जापान प्राकृतिक संरक्षण संघका अध्यक्ष योहेइ सासाकी, पूर्व सहायक अर्थमन्त्री मातोयुकी ओदाचीलगायतसँग पनि भेटवार्ता गरेकी थिइन्।
उनले भेटघाट कार्यक्रममा जापान र नेपालबीचका विभिन्न आपसी चासोका विषयमा पनि चर्चा भएको थियो। मुख्यतः जलवायु परिवर्तन, प्रकोप रोकथाम तथा व्यवस्थापन, शिक्षलगायतका क्षेत्रमा बढ्दो सहकार्यसहित विभिन्न विषयमा छलफल भएको आरजु देउवाले बताएकी छिन्।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
