Kathmandu Press

नर्वेमा कोभिड नियन्त्रण गर्न पुनः कडाइ गरिने

ओस्लो, कात्तिक २६ : नर्वेले बढ्दो कोरोनाभाइरसका सङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्बन गर्ने भएको छ। नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा कोभिड–१९ विरुद्धको...
नर्वेमा कोभिड नियन्त्रण गर्न पुनः कडाइ गरिने

ओस्लो, कात्तिक २६ : नर्वेले बढ्दो कोरोनाभाइरसका सङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्बन गर्ने भएको छ। नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा कोभिड–१९ विरुद्धको जारी सबै प्रकारका प्रतिबन्धहरू हटाएको थियो। 

प्रधानमन्त्री जोनास गाहर स्टोरले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूका लागि तेस्रो चरणको खोपको व्यवस्थापन गरिनेछ, अन्य स्वास्थ्य मापदण्ड अवलम्बन गरिनेछ तर बन्दाबन्दी भने गरिने छैन।  

Hardik ivf

‘सरकारले सङ्क्रमण नियन्त्रण गर्न नयाँ राष्ट्रिय उपायहरू लागू गर्नेछ, यद्यपि यो पहिलेको जस्तो कडारूपमा लागू गर्ने बारे अझै निर्णय लिइसकिएको छैन।’ प्रधानमन्त्रीले भने।

सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको नियमित स्वास्थ्य परीक्षण, मास्कको अनिवार्य प्रयोग लगायतका उपायहरू अवलम्बन गरिने छ। नर्वेमा पछिल्ला दिनहरूमा सङ्क्रमण बढेको पाइएको छ। विशेष गरी जर्मनी र मध्य तथा पूर्वी युरोपमा कोभिड–१९ सङ्क्रमण पछिल्ला दिनमा बढिरहेको छ। 

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले युरोप फेरि एक पटक महामारीको ‘केन्द्र’  बन्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्