Kathmandu Press

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम...
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएक छन्। 

देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए। उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए। 

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ। महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन्।

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्