निगमका प्रवन्ध निर्देशकलाई तत्काल बर्खास्त गर्नुपर्छ : अध्यक्ष पराजुली
काठमाडौं, कात्तिक २६ : नेकपा (एस) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष...
काठमाडौं, कात्तिक २६ : नेकपा (एस) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अहिले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरि गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनेगरि कदम चाल्न सरकारलाई आग्रह गरेका हु्न।
उनले भने, ‘हाम्रो संगठन भनेको आयल निगमलाई झुकाउने संगठन हा।ैं आफ्नै पार्टीको सरकारमा हुँदापनि मूल्यवृद्धि घटाएको ईतिहास छ। सुरेन्द्र पौडेल कुन बेलामा नियुक्त हुनुभयो? उहाँले भ्रष्टाचार गर्नको निम्ति मूल्यवृद्धि गर्नुभएको छ । अहिलेको गबठन्धनलाई असफल बनाउनको लागि पौडेलले मूल्यवृद्धि गरेको हो, उहाँलाई तुरुन्त बर्खास्त गरियोस।’
उनले अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै हेरिरहेको उल्लेख गर्दै भने,‘प्रधानमन्त्रीले अहिले आपूर्ति मन्त्रालय पनि हेरिरहनुभएको छ। अर्थमन्त्रीले करसम्बन्धी हेरिरहनुभएको छ। के तपाईँहरु नेपाली जनताको चूलो चौको निभाउनतिर लाग्नुभएको हो?’ भन्दै प्रश्न गरेका छन्।
उनले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउँदै कुनैपनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन्। पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन्। उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन्।
त्यस्तै, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
