Kathmandu Press

सर्वोच्च परिसर सशस्त्र प्रहरीको व्यारेक जस्तै बनाईयो : नेपाल बार 

काठमाडौं, कात्तिक २६ : नेपाल बार एसोसियसनले शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गरि व्यारेक जस्तो बनाएको...
सर्वोच्च परिसर सशस्त्र प्रहरीको व्यारेक जस्तै बनाईयो : नेपाल बार 

काठमाडौं, कात्तिक २६ : नेपाल बार एसोसियसनले शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गरि व्यारेक जस्तो बनाएको भन्दै आपत्ति जनाएको छ।

बारका महासचिव लिलामणी पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अदालत प्रशासनको यस्तो कार्यले प्रधानन्यायाधीशको राजीनामा माग गर्ने औचित्य पुष्टि गरेको समेत जनाएका हुन् ।

‘शुक्रबार बिन ९ः३० बजेदेखि अदालत प्राङ्‍गणमा गर्न लागिएको शान्तिपूर्ण विरोध सभा कार्यक्रमलाई अवरोध गर्ने उदेश्यले अदालत परिसरलाई सशस्त्र प्रहरीको ब्यारेकजस्तो बनाइ नेपाल बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने ढोका र सर्वोच्च अदालतको मूल ढोकासमेत बन्द गरिएकोप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ बारको विज्ञप्तिमा उल्लेख छ, ‘यो घटना न्यायपालिकामा न्यायपालिका प्रमुख र प्रशासकीय प्रमुख समेतको ठाडो आदेशबाट हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय कार्य हो।’

प्रधानन्यायाधीश र सर्वोच्च अदालत प्रशासनको यो कार्य कुनै अर्थमा पनि उचित मान्न नसकिने बारको भनाइ छ । न्यायपालिकाको विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारलगायत नियन्त्रण गरी समग्र सुधारका लागि वर्तमान प्रधानन्यायाधीश बाधक देखिएकोले राजीनामा माग गरी कात्तिक १४ गतेदेखि सुरु गरेको शान्तिपूर्ण विरोध कार्यक्रमलाई अवरोध गर्ने प्रयास भएको बारको आरोप छ।

अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन पनि बारले माग गरेको छ । 

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्