चन्द्रागिरीमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने
काठमाडाैं, साउन ३२ : चन्द्रागिरी नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका र चन्द्र....
काठमाडाैं, साउन ३२ : चन्द्रागिरी नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका र चन्द्रागिरी नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो।
काठमाडौं महानगरपालिकाको एक करोड तथा चन्द्रागिरी नगरपालिकाको एक करोड लागतमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्न लागेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए।
“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौं”, उनले भने। पार्कको शिलान्यास बिहीबार नै गरिसकिएको छ।
चन्द्रागिरी नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उनको भनाइ थियो। उद्यान निर्माणसँगै चन्द्रागिरी नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताए।