नेकपा एसले तय गर्यो केन्द्रीय कमिटी बैठकका एजेण्डा
काठमाडौं, कात्तिक २६ : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि (शनिबार) देखि सुरु हुँदै छ।दुई...
काठमाडौं, कात्तिक २६ : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि (शनिबार) देखि सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको हो ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु पारित गरेको हो । जसमा पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषय, केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउनेदेखि अन्य रहेका छन् ।
यस्तै बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। त्यस्तै, बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको बुझिएको छ ।
प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
