पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नहुने निगमको भनाइ
काठमाडौं, कात्तिक २६ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नहुने प्रष्टाएको छ ।रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा...
काठमाडौं, कात्तिक २६ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नहुने प्रष्टाएको छ ।
रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने प्रष्टाएका हुन् ।
उनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको बताए । उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन् ? भनेर प्रश्न गरेका थिए ।
सिटौला आक्रामक रूपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुने भन्दै सिटौला बोल्दा आफूले धैर्यतापूवर्क सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भइदिन आग्रह गरेका थिए ।
त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्यको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
