Kathmandu Press

एमाले छाडेर एकीकृत समाजवादीमा समाहित हुन चाहने धेरै छन् : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई आगामी चुनावसम्म बलियो बनाएर लान पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको र...
एमाले छाडेर एकीकृत समाजवादीमा समाहित हुन चाहने धेरै छन् : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई आगामी चुनावसम्म बलियो बनाएर लान पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको र त्यसलाई कसैले कमजोर बनाउन नसक्ने दाबी गरेका छन् ।

आज पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले समितिले सरकारको कामलाई प्रभावकारी बनाउन नीतिगत सुझाव दिने पनि जानकारी दिए। समितिको नेतृत्व आलोपालो गर्ने सहमति भएको उनले बताए।

अध्यक्ष नेपालले एमाले छाडेर एकीकृत समाजवादीमा समाहित हुन चाहने धेरै भएको उल्लेख गर्दै उनले त्यसबाट थप उत्साह पैदा भएको बताए। 

डडेलधुरामा एमालेको सिंगो जिल्ला कमिटी एकीकृत समाजवादीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको उनको  भनाइ थियो।

उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए।

उनले एकीकृत समाजवादीविरुद्ध कसैले भ्रम सिर्जना गर्न खोजे प्रतिवाद गर्न पनि उनले नेताकार्यकर्तालाई निर्देशन दिए। 

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्