Kathmandu Press

‘शीर्ष नेता बैठकबारे निकट संवादमा चीन र अमेरिका’

बेइजिङ, कात्तिक २६ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना  शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाबारे निकट सम्पर्कमा रहेको बताएका...
‘शीर्ष नेता बैठकबारे निकट संवादमा चीन र अमेरिका’

बेइजिङ, कात्तिक २६ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना  शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाबारे निकट सम्पर्कमा रहेको बताएका छन्।

प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेका हुन्। उनले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको बताए। 

सो अवसरमा दुवै राष्ट्र प्रमुखले विभिन्न माध्यमबाट नियमित सम्पर्क राख्ने सहमति गरेको पनि उनले जानकारी दिए।

‘हामी आशा गर्छौं कि अमेरिकी पक्षले बैठकलाई सफल बनाउन र चीन–अमेरिका सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन चीनसँग मिलेर काम गर्नेछ,’ प्रवक्ता वाङले भने।

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्