प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा रमेश मल्ल
काठमाडौं, कात्तिक २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालय हेरफेर गरेर पार्टीका युवा नेता रमेश मल्ललाई स्वकीय सचिव बनाएका छन्।पार्टीभित्रैबाट आएको...
काठमाडौं, कात्तिक २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालय हेरफेर गरेर पार्टीका युवा नेता रमेश मल्ललाई स्वकीय सचिव बनाएका छन्।
पार्टीभित्रैबाट आएको सुझावका आधारमा हालै सम्पन्न स्थायी कमिटी बैठकबाट प्रचण्डको सचिवालयमा बस्नेहरू हेरफेर गर्ने निर्णय भएकाे बताइएकाे छ। प्रचण्डको सचिवालय प्रभावकारी बनाउन सचिवालय हेरफेर गरिएको बताइएको छ।
प्रमुख स्वकीय सचिव रहँदै आएका जोखबहादुर मल्ललाई भने लुम्बिनी प्रदेशको सहइन्चार्जको भूमिका दिएर सचिवालयबाट हटाइएको छ।
प्रेस संयोजक रहँदै आएका विष्णु सापकोटालाई पनि प्रेस सेन्टरमा पठाइने भएको छ। तर नयाँ प्रेस संयोजक कसलाई राख्ने भन्नेबारे भने निर्णय भइनसकेको जनाइएको छ।
पछिल्लो समय सचिवालय प्रभावकारी हुन नसकेको गुनासो कार्यकर्ताबाट आएकाले हेरफेर गरिएको बताइएको छ।
प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
