Kathmandu Press

बेलारुसद्वारा इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध

कात्तिक २६ बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ।अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको...
बेलारुसद्वारा इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध

कात्तिक २६ बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ।

अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ। मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउन ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो। शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ। 

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन्।

बेलारुसको पश्चिमी सीमामा पोल्यान्तडर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौं आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्