Kathmandu Press

कोप-२७ अर्को वर्ष इजिप्टमा हुने

ग्लास्गो, कात्तिक २६ : जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ।ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा २०२२...
कोप-२७ अर्को वर्ष इजिप्टमा हुने

ग्लास्गो, कात्तिक २६ : जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ।

ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा सन् २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पिएको समाचारमा जनाइएको छ।  

त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन्। 

कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए। प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले 

दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन्।

त्यसैगरी अमेरिका र चीनले पनि कार्वन उत्सर्जन न्युनिकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन्।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्