Kathmandu Press

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजायको फैसला

याङ्गुन, कात्तिक २६ : म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ।उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा...
अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजायको फैसला

याङ्गुन, कात्तिक २६ : म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ।

उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन्।

सेनाले गत फेब्रुअरीमा ‘कु’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ। सैन्य कुविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ। स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौ पक्राउ परेका थिए। 

करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए।

उनलाई अन्य नागारिकलाई उक्साउने, गैरकानुनी रुपमा भिसा नियम उल्लङ्घन गरेकोलागयतका आरोपमा एघार वर्षको जेल सजाय सुनाइएको उनका वकिल थान जाव आङले एएफपीलाई जानकारी दिए। 

उनको मुद्दा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको ती वकिलले बताए। पक्राउ पर्नु भएका पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ।

उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ। उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ। फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्