२४ घन्टामा थपिए ३९७ कोरोना संक्रमित, ३ जनाको मृत्यु
काठमाडौं, कात्तिक २६ : पछिल्लो २४ घन्टामा देशभरिमा ३९७ जना कोरोना संक्रमित थपिएका छन्।९,१३४ जनामा गरिएको पिसिआर परीक्षणबाट ३५५ र १,९३२ जनामा गरिएको...
काठमाडौं, कात्तिक २६ : पछिल्लो २४ घन्टामा देशभरिमा ३९७ जना कोरोना संक्रमित थपिएका छन्।
९,१३४ जनामा गरिएको पिसिआर परीक्षणबाट ३५५ र १,९३२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९७,४४८ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४६९ पुगेको छ।
अहिले देशभरिमा ७,४९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,९४५ जना होम आइसोलेसनमा र ५५३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी १९० जनाको आईसियुमा उपचार भइरहँदा ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
