न्यायिक सुशासन कायम गर्न माग
काठमाडौं, कात्तिक २६ : वकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रुपमा समाधान गर्न पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ।मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता...
काठमाडौं, कात्तिक २६ : वकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रुपमा समाधान गर्न पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ।
मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको समस्यालाई कानुनी रुपमा समाधान खोजेर भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट विधि तथा प्रक्रियाको व्यवस्था गर्न माग गरिएको हो।
न्यायालयको गतिरोध समाधानका लागि जननिर्वाचित सांसद, सरकार, न्यायपरिषद्लगायत सम्बद्ध निकायले पहल गर्नुपर्ने मञ्चको ठहर छ। न्यायालयका न्यायाधीशमाथि उठेको सबै खाले प्रश्नको विश्वसनीय र पारदर्शी ढङ्गले अनुसन्धान गर्न र दोषीलाई जवाफदेही बनाउन तथा न्यायालयको विकृति र विसङ्गतिसम्बन्धी छानबिन गर्न सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय छानबिन समितिको सुझाव अक्षरस कार्यान्वयन गर्न समेत मञ्चले माग गरेको छ।
मञ्चले न्यायाधीश र न्यायालयका विषयमा उठेका टीकाटिप्पणीले न्यायाधीशमाथिको विश्वास र न्यायालयको गरिमामा गम्भीर ठेस पुगेको र यसले कानूनको शासन, न्यायको प्रत्याभूति, लोकतन्त्रको संस्थागत विकास तथा शक्ति पृथकीकरण सिद्धान्तको सुदृढीकरणका लागि न्यायिक सुशासन कायम हुनु अति जरुरी भएको जनाएको छ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
