Kathmandu Press

कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत कार्कीले दिए राजीनामा

काठमाडौं, कात्तिक २६ : कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका छन्। जिल्लामा काम गर्ने वातावरण नभएको र निर्वाचनको प्रक्रिया अगाडि बढाउन...
कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत कार्कीले दिए राजीनामा

काठमाडौं, कात्तिक २६ : कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका छन्। जिल्लामा काम गर्ने वातावरण नभएको र निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको भन्दै उनले आज केन्द्रीय निर्वाचन समितिसमक्ष राजीनामा दिएका हुन्।

कार्कीले राजीनामापत्रमा आफूले निर्वाचन अधिकृतको पत्र पाएपछि अधिवेशनको प्रक्रिया अघि बढाउन खोजे पनि पक्षहरूबीच सहमति नजुटेको र  निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको उल्लेख गरेका छन्।

कांग्रेसले उनलाई कात्तिक १७ गते निर्वाचन अधिकृत तोकेर पठाएको थियो। 

कांग्रेसले क्रियाशील सदस्यता टुंग्याएसँगै बाँकी रहेको १३ वटा जिल्लामा शनिबार वडा अधिवेशन गर्न लागेको छ। तर त्यसको अघिल्लो दिन कार्कीले राजीनामा दिएपछि सर्लाहीमा वडा तहको अधिवेशन प्रक्रिया नै रोकिन सक्ने देखिएको छ।  

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्