एमालेको दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं, कात्तिक २६ : एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना...
काठमाडौं, कात्तिक २६ : एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। सूर्य चिह्नसँगै एकसिंङे गैंडाले कम्युनिस्ट पार्टीको झन्डा बोकिरहेको चित्र लोगोमा अंकित छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सामाजिक सञ्जालमा उक्त लोगो सार्वजनिक गर्दै एमाले र एमालेलाई माया गर्ने सबैलाई सामाजिक सञ्जालमा राख्न अनुरोध गरेका छन्।
‘दसौं महाधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेलाई माया गर्ने सबै मित्रहरूले आफ्नो सामाजिक सञ्जालमा राख्न अनुरोध छ।’
साेही अवसरमा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी सदस्यहरूलाई कम्तीमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सन्दर्भमा ई–सेवामार्फत पठाउने तरिकाबारे जानकारी दिए।
आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवनमा एमालेको दसौं राष्ट्रिय महाधिवेशन हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन्, जसका लागि शनिबार देशभर प्रतिनिधि चयन गरिँदैछ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
