Kathmandu Press

चितवनका भीमबहादुर विकको हत्यामा संलग्न दुईलाई अदालतले पठायो कारागार

गत दसैंको नवमीका दिन निर्घात कुटपिटबाट हत्या गरिएका चितवनका भीमबहादुर विकमाथि कुटपिट गर्ने दुईजनालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
चितवनका भीमबहादुर विकको हत्यामा संलग्न दुईलाई अदालतले पठायो कारागार

काठमाडौं, कात्तिक २६ : गत दसैंको नवमीका दिन निर्घात कुटपिटबाट हत्या गरिएका चितवनका भीमबहादुर विकमाथि कुटपिट गर्ने दुईजनालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठको कुटपिटका कारण ५८ वर्षीय विकको मृत्यु भएको थियो । भीमबहादुरका छोरा किसनले उनीहरू विरुद्ध किटानी जाहेरी दिएका थिए ।

२८ असोजमा भरतपुर–४ स्थित दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा बस्नेत र श्रेष्ठले कुटपिट गरेका थिए । उनीहरूको कुटपिटबाट भीमबहादुरको मृत्यु भएको थियो।

दोषीमाथि कडा कारवाही माग गर्दै परिवारले अझै भीमबहादुरको शव बुझेको छैन ।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्