Kathmandu Press

कंगोमा डुंगा दुर्घटना हुँदा ४० जना बेपत्ता

किन्सासा, कात्तिक २६ : डुंगा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन्।देशको किभु प्रान्तमा बिहीबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरुले...
कंगोमा डुंगा दुर्घटना हुँदा ४० जना बेपत्ता
सांकेतिक तस्बिर

किन्सासा, कात्तिक २६ : डुंगा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन्।

देशको किभु प्रान्तमा बिहीबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।   

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ।

दुर्घटनामा परेको डुंगामा १२० जना यात्रु थिए। हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन्।  

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्