Kathmandu Press

मूल्यवृद्धिविरूद्ध आयल निगमको कार्यालयअगाडि विद्यार्थीकाे धर्ना

काठमाडौं, कात्तिक २६ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले आज नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन्।धर्नामा माओवादी केन्द्र, एकीकृत...
मूल्यवृद्धिविरूद्ध आयल निगमको कार्यालयअगाडि विद्यार्थीकाे धर्ना

काठमाडौं, कात्तिक २६ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले आज नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन्।

धर्नामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत दलनिकट विद्यार्थी संगठनका नेताकार्यकर्ता सहभागी भएका थिए।

उनीहरुले खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नाराबाजी गरेका छन्। उनीहरूले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा पनि मागेका छन्।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर  ३÷३ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको थियो।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्