पहिरोले ज्यान गुमाउनेकाे परिवारलाई शिखर नगरको राहत
डोटी, कात्तिक २६ : यही कात्तिक २ गते पहिरोसँगै आएको ढुंगा लागेर ज्यान गुमाएकी वडा ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप...
डोटी, कात्तिक २६ : यही कात्तिक २ गते पहिरोसँगै आएको ढुंगा लागेर ज्यान गुमाएकी वडा ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ।
नगर प्रमुख सीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो। नगरपालिकाका तर्फबाट रु. एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु. पाँच हजार गरी रु. एक लाख पाँच हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिए।
यही कात्तिक २ गते पहिरोसँगै आएको ढुंगा लागेर मन्धरीको मृत्यु भएको थियो। असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो ।
बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्षति पु¥याउनाका साथै हजारौं रोपनी जमिन बगाएको थियो। नगरपालिका भित्र बाढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)