Kathmandu Press

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २६ : नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु. ९४ हजार ४०० कायम भएको छ।...
४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २६ : नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु. ९४ हजार ४०० कायम भएको छ। पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहनेछ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो।
    
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएको छ। चाँदी बिहीबार प्रतितोला रु. एक हजार २७० मा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ।  

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्