प्रधानन्यायाधीश पक्ष र विपक्षका वकिलबीच झडप, पाँच पक्राउ
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्ष र विपक्षमा रहेका कानून व्यवसायीबीच सर्वोच्च अदालतबाहिर झडप भएको छ ।
काठमाडौं, कात्तिक २६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्ष र विपक्षमा रहेका कानून व्यवसायीबीच सर्वोच्च अदालतबाहिर झडप भएको छ ।
झडपमा उत्रेका पाँचजना कानून व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आन्दोलनरत कानून व्यवसायीहरूमाथि प्रधानन्यायाधीश पक्षधर वकिलहरूले आक्रमण गरेका हुन् । झडप सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
पक्राउ पर्नेमा प्रधानन्यायाधीशको पक्षमा रहेका तीन महिलासहितका पाँच वकिल छन् ।
प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
