सर्वोच्चको गेटमा वकिलहरूको धर्ना, प्रधानन्यायाधीशले तोके आफूबाहेकका ८ इजलासमा २२३ मुद्दाको पेशी
आफ्नो राजीनामा माग्दै कानून व्यवसायीहरू मुल गेटमा आन्दोलित रहेकै अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि आठवटा इजलासमा २२३ थान मुद्दाको सुनुवाइ तोकेका छन् ।
काठमाडौं, कात्तिक २६ : आफ्नो राजीनामा माग्दै कानून व्यवसायीहरू मुल गेटमा आन्दोलित रहेकै अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि आठवटा इजलासमा २२३ थान मुद्दाको सुनुवाइ तोकेका छन् ।
तीमध्ये सातवटा पूर्ण इजलास छन् भने एउटा एकल इजलास हो । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा २३ मुद्दाको सुनुवाइ तोकिएको छ ।
न्यायाधीशहरू दीपककुमार कार्की र कुमार चुडाल, मीरा खडका र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीका सातवटा संयुक्त इजलास तोकिएको छ ।
तीमध्ये न्यायाधीशहरू ढुंगाना र रेग्मीको इजलासमा सबैभन्दा बढी ५५ थान मुद्दाको पेशी तोकिएको छ । बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासमा सबैभन्दा कम पाँच थान मुद्दा सुनुवाइका लागि तोकिएको छ ।
शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले आफ्ना लागि इजलास तोकेका छैनन् ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
