वकिलहरूलाई छक्याउँदै दोस्रो गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश
मुल गेटमा धर्नामा बसेका कानून व्यवसायीहरूलाई छलेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
काठमाडौं, कात्तिक २६ : मुल गेटमा धर्नामा बसेका कानून व्यवसायीहरूलाई छलेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन कानून व्यवसायीहरू कार्यालय समय अगावै मुल गेटमा धर्नामा बसेका थिए । तर, मुल गेट नजिकै रहेको अर्को प्रवेश द्वारबाट सर्वोच्च प्रवेश गरेका हुन् ।
महान्यायाधीवक्ता कार्यालयनजिक सर्वोच्चको दोस्रो गेट छ । सोही गेटबाट उनी कार्यालय पुगेका हुन् ।

प्रकाशित मिति: ११:०३ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
