माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
काठमाडौं, कात्तिक २६ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न...
काठमाडौं, कात्तिक २६ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।
भर्चुअल माध्यमबाट हुने बैठक साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनले बताए।
सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।
प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
