Kathmandu Press

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा छलफल गर्न...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएका हुन्।

आज दिउसो २ बजे नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि अजेन्डा तय गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बोलाइएको छ।

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्