दीगो विकास लक्ष्य हासिल गर्न असमानताको अन्त्य गर्नुपर्छः अर्थमन्त्री खतिवडा
काठमाडौं, साउन ३१ : अर्थमन्त्री युवराज खतिवडाले दीगो विकासको लक्ष्य प्राप्त गर्न सबैभन्दा पहिले असमानताको अन्त्य गर्नुपर्ने बताएका छन्।

काठमाडौं, साउन ३१ : अर्थमन्त्री युवराज खतिवडाले दीगो विकासको लक्ष्य प्राप्त गर्न सबैभन्दा पहिले असमानताको अन्त्य गर्नुपर्ने बताएका छन्।
संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिले शुक्रबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न असमानता अन्त्यका लागि सबै तहमा एकीकृत अभियान सञ्चालन गर्नु पर्ने बताएका हुन्।
आय, भुगोल, लिंग, शारिरीक असक्षमता लगायत विभिन्न क्षेत्रमा असमानता रहेकाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैभन्दा पहिले ती सबै क्षेत्रका असमानताको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
असमानतालाई सबै भन्दा पहिलो एजेण्डा नबनाएसम्म समन्यायिक अवधारणाको औचित्य नै नहुने भन्दै उनले असमानता अन्त्यको अभियान कुशलतासँग अघि बढाउनका लागि सबै तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताए।
दिगो विकासका लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण भएको भन्दै उनले योजना तर्जुमा, प्राथमिकता निर्धारण, अनुगमन र मुल्यांकनलाई प्रदेश सरकारले पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।










-1754206481.jpg)
