Kathmandu Press

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

काठमाडौं, कात्तिक २६ : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा प्रवेश छ।गएराति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेट पराजित गरेको...
पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

काठमाडौं, कात्तिक २६ : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा प्रवेश छ।

गएराति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेट पराजित गरेको हो। पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

अस्ट्रेलियाका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे। वेडले १७ बलमा ४१ रन बनाए। उनले १९औँ ओभरका अन्तिम तीन बलमा तीन छक्का प्रहार गरे।

यस्तै, स्टोइनिसले अविजित ४० र वार्नरले ४९ रनको योगदान दिए। पाकिस्तानका लागि शादाब खान चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, शाहीन शाह अफ्रिदीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले। रिजवानले ५२ बलमा ६७ रन र फखरले ३२ बलमा ५५ रन बताए। त्यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिएका थिए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले २ तथा एडम जम्पा र प्याट कमिन्सले १–१ विकेट लिए। अब उपाधिका लागि अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्नेछन्।

प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्