महाअभियोग लगाउनुको सट्टा प्रधानन्यायाधीशबारे दलहरुले मौनता साधे : बृहत नागरिक आन्दोलन
काठमाडौं, कात्तिक २५ : बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीसलाई चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाएर न्याय सेवा चलायमान गराउनुपर्नेमा राजनीतिक दलहरुले अकर्मण मौनता साधेको भन्दै...
काठमाडौं, कात्तिक २५ : बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीसलाई चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाएर न्याय सेवा चलायमान गराउनुपर्नेमा राजनीतिक दलहरुले अकर्मण मौनता साधेको भन्दै आपत्ती जनाएको छ ।
आज साँझ एक बिज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्यायिक नेतृत्व दिन अक्षम भएकाले भन्दै महाभियोग लगाएर न्याय सेवा अविलम्ब चलायमान गराउन सहयोग गर्नुपर्नेमा राजनीतिक दलहरु अकर्मन्य भएको आरोप लगाएको हो ।
प्रधानन्यायायाधीश जबरा आफ्ना सहकर्मी न्यायाधीशहरूको बहिष्कार र अधिवक्ताहरूको आन्दोलनबाट एक्लिए पनि राजनीतिक नेताहरूको अनिर्णयको लाभ पाइरहेको भन्दै आन्दोलनले यही कारण न्यायपालिका बन्दी हुन पुगेको उल्लेख गरेको छ ।
‘न्यायपालिकाको संकट न्यायपालिका आफैँले समाधान गर्छ भन्नु न्यायपालिकाभित्रै बहिष्कृत प्रधानन्यायाधीशलाई टिकाउनु, त्यहाँभित्र भिडन्त निम्त्याउनु र न्यायपालिकामा न्याय किनबेचको अवस्था रोक्ने, सदाचार र सुशासन माग गर्ने आन्दोलनविरूद्व उभिनु हो’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको आक्रमणको पनि बृहत नागरिक आन्दोलनले विरोध जनाएको छ ।











![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
