Kathmandu Press

आरक्ष विस्थापित परिवारका समस्या समाधान गर्छौं : पूर्वमन्त्री साउँद

आरक्ष विस्थापित परिवारका समस्या समाधान गर्छौं : पूर्वमन्त्री साउँद
Hardik ivf

कञ्चनपुर, कात्तिक २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउँदले भूमि अधिकारलाई संविधानमा मौलिक हकका रुपमा राखिएकाले नागरिकले भूमिको स्वामित्व पाउनुपर्ने बताएका छन्। 

आज कृष्णपुर नगरपालिका–२ मा आरक्ष विस्थापितसँगको छलफल कार्यक्रममा उनले आरक्ष विस्थापित परिवारको वर्षैदेखि थाती रहेको समस्या समाधान गरिनुपर्ने बताए। उनले दुई दशकदेखि विस्थापित परिवार कष्टकर जीवन बिताउँदै आएकाले राज्यले समस्या समाधान गर्नुपर्ने बताए।  

विस्थापित परिवारलाई विगतमा भोट बैंकका रुपमा प्रयोग गरिएको चर्चा गर्दै उनले समस्या समाधानका लागि छिटो पहल गरिने बताए।     ‘आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेका छन्,’ उनले भने, ‘राज्यले पीडितको समस्या समाधान गर्नुपर्छ।’
 
राज्य नागरिकको रक्षक हुनुपर्ने उनको भनाइ थियो। दुई चार जनालाई जागिर दिनका लागि आयोग नबन्ने चर्चा गर्दै उनले दशकौँदेखि पीडा खेप्दै आएका आरक्ष विस्थापितको समस्या समाधन गर्ने उद्देश्यका साथ कार्य अगाडि बढ्ने बताए।

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्