Kathmandu Press

इन्धनमा गरिएको मूल्य वृद्धिको बुटवलमा विरोध

रुपन्देही, कात्तिक २५ : नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्य वृद्धि गरेपछि विद्यार्थी सङ्गठनले विरोध गरेका छन्। एक...
इन्धनमा गरिएको मूल्य वृद्धिको बुटवलमा विरोध

रुपन्देही, कात्तिक २५ : नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्य वृद्धि गरेपछि विद्यार्थी सङ्गठनले विरोध गरेका छन्। एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको हो। अनेरास्ववियुले विरोधस्वरूप बिहान ९ बजेदेखि चक्काजाम गरी मूल्य वृद्धि फिर्ता गर्न माग गरिएको रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए।

आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको थियो। पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ। ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि भएपछि प्रतिसिलिण्डर मूल्य १५७५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
प्रतिक्रिया दिनुहोस्