Kathmandu Press

सल्यानमा इसाई धर्मको प्रचार गर्दै हिडेका चार जना पक्राउ

सल्यान, साउन ३१ : सल्यानमा इसाई धर्मको प्रचार गर्दै हिडेका चार जना पक्राउ परेका छन्।  इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र....

सल्यानमा इसाई धर्मको प्रचार गर्दै हिडेका चार जना पक्राउ
Hardik ivf

सल्यान, साउन ३१ : सल्यानमा इसाई धर्मको प्रचार गर्दै हिडेका चार जना पक्राउ परेका छन्।  इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो। 
    
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीले उनीहरुका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र  ५० हजार रुपैयाँसम्म  जरिवाना हुने व्यवस्था छ। 

प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्