Kathmandu Press

अब निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न सकिने 

काठमाडौं, कात्तिक २५ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ...
अब निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न सकिने 

काठमाडौं, कात्तिक २५ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौता अनुसार अब युरोपका विभिन्न शहर, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताए । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ । टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ ।

टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ । यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । 

गन्तव्य र एयरलाइन्सको विवरण :


१    काठमाडौँ–बैंकक–सोल    नेपाल एयरलाइन्स–थाइ एयरवेज
२    काठमाडौँ–बैंकक–सिड्नी     नेपाल एयरलाइन्स–थाइ एयरवेज
३    काठमाडौँ–बैंकक–टोक्यो    नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४    काठमाडौँ–दोहा–कुवेत     नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५    काठमाडौँ–दुबई–कुवेत     नेपाल एयरलाइन्स–कुवेत एयरवेज 
६    काठमाडौँ–दुबई–जुरिच    नेपाल एयरलाइन्स–इमिरेट्स
७    काठमाडौँ–दुबई–लण्डन    नेपाल एयरलाइन्स–इमिरेट्स
८    काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट     नेपाल एयरलाइन्स–इमिरेट्स
९    काठमाडौँ–दुबई–पेरिस     नेपाल एयरलाइन्स–इमिरेट्स
१०    काठमाडौँ–दुबई–बहराइन     नेपाल एयरलाइन्स–इमिरेट्स

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्